काठमाडौं, १२ बैशाख । साताको कारोबारको दोस्रो दिन सोमबार शेयर बजारका दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज ३४ दशमलव ९५ अंकले घटेर २३ सय ८६ दशमलव १ विन्दुमा थामिएको हो ।
त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ६ दशमलव १९ अंकले घटेर ४५४ दशालव ६९ विन्दु कायम भएको हो ।
नेप्सेको अनुसार आज २३९ कम्पनीको २ अर्ब ४२ करोड २५ लाख ५३ हजार १८२ रुपैयाँ बराबरको ५० लाख ४७ हजार ७६९ कित्ता शेयर खरिद विक्रि भएको छ ।