Logo

महालक्ष्मी नगरपालिकामा काँग्रेस नेताहरुबीच कुटाकुट



काठमाडौं, १२ वैशाख । ललितपुरको महालक्ष्मी नगरपालिकामा काँग्रेसका जिल्ला तथा प्रदेशस्तरीय नेताहरुबीच कुटाकुट भएको छ । टिकट बाँडफाँडको विषयमा विवाद हुँदा कुटाकुट भएको हो ।

जिल्ला सभापति जितेन्द्र श्रेष्ठ टिकट बाँडफाँडको विषयमा विवाद भएपछि महालक्ष्मीमा पुगेका थिए । त्यस क्रममा उनलाई धकेल्न थालेपछि कुटाकुट भएको बुझिएको छ ।

ललितपुर क्षेत्र नम्बर २ का प्रदेश सभापति दिवाकर नेपाल र महालक्ष्मीका नगर कमिटीका उम्मेदवार बनेका सुशील खड्काबीच टिकटको विषयमा झगडा भएको छ । जिल्ला सभापति श्रेष्ठ जिल्लाले हस्ताक्षर गरेको टिकट क्षेत्र र प्रदेशले रोक्न खोजेको भन्दै रोक्न पुगेका थिए ।

महालक्ष्मी नगरपालिकाको वडा नं ३ को वडाध्यक्ष र वडा नं ८ को वडा सदस्यको टिकटमा विवाद भएको हो । दुवै वडामा जितेन्द्र श्रेष्ठले आफू निकटस्थलाई टिकट दिएका थिए । तर, क्षेत्रले रामकृष्ण चित्रकार निकटलाई टिकट दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot