Logo

पाकिस्तानमा स्वतन्त्र सिन्धुदेशको माग गर्दै प्रदर्शन



एजेन्सी, १३ वैशाख । पाकिस्तानको सिन्ध प्रान्तमा माग गर्दै प्रदर्शन भएको छ । प्रदर्शनकारीरुले बलजफ्ती धर्म परिवर्तन र वेपत्ता पार्ने गतिविधिविरुद्ध प्रदर्शन गरेका हुन् ।

सिन्धको सान शहरमा सोमबार भएको प्रदर्शनमा सिन्धुदेशको माग गरिएको हो । प्रदर्शन जय सिन्ध मुताहिदा महाज नामको स्वतन्त्रता पक्षधर दलले गरेको हो । उक्त दलले पाकिस्तानलाई अतिवादी धार्मिक र आतंकवादी देशको आरोप लगाउँदै विज्ञप्ति नै जारी गरेको छ ।

सिन्ध र बलुचिस्तानलाई स्वतन्त्र देश बनाउन विभिन्न गतिविधिहरु हुँदै आएका छन् । सिन्धमा चिनियाँ नौसैनिक आधार खडा गर्न खोजिएको भन्दै जय सिन्ध पार्टीले विरोध गर्न थालेको छ । उसले अल्पसंख्यक हिन्दू महिलाहरुलाई जर्बजस्ती धर्म परिवर्तन गराएर विवाह गराउन थालिएको भन्दै चासो देखाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot