काठमाडौं, १३ वैशाख । नेपाली काँग्रेस परित्याग गरेका पूर्व डिआइजी गणेश केसीका भाई कुबेर केसीले महालक्ष्मी नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षको टिकट पाएका छन् । गैर कम्युनिस्ट गणेश केसीको परिवारमा एकाएक एमालेको टिकट मिलेको हो ।
यसअघि राप्रपाको मेयरमा पूर्व डिआइजी गणेश केसीको चर्चा थियो । तर, अन्तिम समयमा गणेश केसीलाई टिकट दिन राप्रपाका स्थानीय नेताहरु तयार भएनन् । त्यसपछि कुबेर केसीलाई एमालेले वडाध्यक्षको टिकट दियो ।
भाईले एमालेको टिकट पाएपछि गणेश केसी काँग्रेस परित्याग गर्ने निर्णयमा पुगे । उनले काँग्रेसमा रहनु उपयुक्त नभएको भन्दै परित्यागको निर्णय गरे ।
पूर्व डिआइजी केसी काँग्रेसको वडाबाट प्रतिनिधि बनेका थिए । उनी महाधिवेशन प्रतिनिधिमा भने पराजित भएका थिए ।