Logo

विप्लवका उम्मेदवारलाई मनोनयन दर्ता फिर्ता लिन निर्देशन



काठमाडौं, १३ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय चुनावका लागि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केही स्थानमा उम्मेदवारी दिएको छ । पार्टीका नेता तथा कार्यकर्ताहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दता गराएका हुन् ।

पार्टीका नेताहरुले निर्वाचन आयोगमा दर्ता नभएपनि रोल्पामा १० पालिकामध्ये ९ वटामा सबै पदाधिकारीका लागि र वडाध्यक्षमा पनि उम्मेदवारी दर्ता गराएका हुन् ।

चुनावको विपक्षमा रहेको पार्टीको एक पक्षले भने उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । सचिवालय सदस्य कञ्चनले एक विज्ञप्ती जारी गर्दै एमसीसी विरोधीलाई समर्थन गर्ने र पार्टीका सदस्यहरु स्वतन्त्ररुपमा उठ्ने पार्टीको नीति भएको उल्लेख गर्दै नेतृत्व तहबाटै भएकोले उम्मेदवारी दिनु गलत ठहर गर्दै मनोनयन दर्ता फिर्ता लिन निर्देशन दिएको हो ।

पार्टीको आठौ केन्द्रीय समितिको १२औं बैठकको निर्णय अनुुसार पार्टी दर्ता नगर्ने र चुनावमा भाग नलिने, देशभक्त, जनवादी, एमसीसीविरोधी उम्मेदवारलाई समर्थन गर्न नसकिने नीति पारित भएको पनि स्मरण गराएको छ।



प्रतिक्रिया दिनुहोस्