Logo

राजस्थानमा गर्भवति महिलाको मृत्युपछि डाक्टरले गरिन् आत्महत्या



एजेन्सी, १३ बैशाख । केही दिनअघि राजस्थानको दौसा जिल्लाको लालसौत सरकारी अस्पतालमा कार्यरत डा.अर्चना शर्माले आत्महत्या गरेकी थिइन् ।

वास्तवमा, एक गर्भवती महिला सुत्केरीका लागि डाक्टरकोमा पुगेकी थिइन् तर अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भयो।

यसै विषयलाई लिएर डाक्टरविरुद्ध हत्या मुद्दा दर्ता भएको थियो। विरामीका परिवारका सदस्यहरुबाट विचलित भएर उनले आत्महत्या गरेकी हुन् ।

उनको साथबाट एउटा सुसाइड नोट बरामद भएको थियो । जसमा डा. शर्माले आफुले कसैको हत्या नगरेको लेखेकी थिइन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot