Logo

मोदीको पत्र लिएर जयशंकर शेख हसिनालाई भेट्न बङ्गलादेश जाने



एजेन्सी, १३ वैशाख । भारतका विदेशमन्त्री एस जयशंकर बिहिबार बङ्गलादेश भ्रमणमा जाने भएका छन् । उनी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदलाई भारत भ्रमणको निम्तो दिन जान लागेको विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले जानकारी दिएका छन् ।

सोमाबर दिल्लीस्थित बङ्गलादेशको राजदूतावासमा आयोजित भारत बङ्गलादेश मैत्री दिवसमा पत्रकारको प्रश्नमा श्रृंगलाले जयशंकरको भ्रमणको उद्देश्यबारे जानकारी गराएका हुन् । बिहिबार एक दिवसीय बङ्गलादेश भ्रमणमा जयशंकरले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पत्र लिएर बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदलाई भेट्ने कार्यक्रमबारे पनि खुलाए ।

ढाका ट्रिबुनले श्रृंगलाको भनाई उदृत गर्दै लेखेको छ, ‘उहाँ प्रधानमन्त्री शेख हसिनालाई प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणको पत्र लिएर जाँदैहुनुहुन्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot