Logo

स्थानीय तहमा युवा आकर्षण, नबिन फुयाँल बने कान्छो उम्मेदवार



काठमाडौं, १३ वैशाख । आगामी वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने क्रममा युवाको उपस्थिति बाक्लो देखिएको छ ।

काठमाडौं महानगरदेखि देशभरका पालिकाहरुमा युवा उम्मेदवारको लर्को लागेको छ । यहीँ क्रममा काठमाडौंको तारकेश्वर नगरपालिकामा २१ वर्ष पूरा भएर २२ वर्षीय नवीन फुयाँलले वडा सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

निर्वाचन स्रोतबाट प्राप्त जानकारी अनुसार फुयाँल देशकै सम्भवत कान्छो उम्मेदवार बनेका छन् । तारकेश्वर नगरपालिका वडा नं ३ का स्थायी वासिन्दा फुयाँलले सोही वडाबाट वडा सदस्यमा उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका फुयालको वडामा यो भन्दा अघिको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको वडाध्यक्ष विजयी भएका थिए ।

फुयाल ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको राजनीतिमा संलग्न हुनुका साथसाथै नेविसंघ काठमाडौं क्षेत्र नं ७ प्रदेश ख कार्यसमितिको सभापति रहेका छन् । फुयाल अग्रज पुस्ता आशीर्वाद र युवा पुस्ताको साथ सहयोगमा जित्नेमा विश्वस्त देखिन्छन् ।

 



प्रतिक्रिया दिनुहोस्