Logo

मोदीलाई लखनऊको सिया मुस्लिम समूहको पत्र



एजेन्सी, १४ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लखनऊको एक सिया मुस्लिम समूहले पत्र लेखी पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको भनेको छ । मङ्गलबार अल इन्डिया सिया हुसेनी फन्डले पत्र लेख्दै ३५ वर्ष देखि पाकिस्तानमा सिया अल्पसंख्यकमाथि दमन भइरहेको उल्लेख गरेको छ ।

सिया मस्जिदमा प्रार्थना गर्दा भएका आक्रमणमा पाकिस्तानमा मात्र ३० हजार सियाले ३५ वर्षबीच ज्यान गुमाएको पत्रमा भनिएको छ ।

फन्डका महासचिव सैयद हसन मेहदीले पाकिस्तानले सँसारभर आतंकवादलाई प्रश्रय दिइरहेको आरोप समेत लगाएका छन् । उनले आतंकवादीविरुद्ध पाकिस्तान र अफगानिस्तानमा लड्न समेत तयार रहेको भनेका छन् ।

५ मार्चमा ६० जनाको ज्यान जाने गरी पाकिस्तानको पेशावरस्थित सिया मस्जिदमा बम बिष्फोट भएको थियो । उक्त घटनामा ६० जनाको ज्यान गएको थियो जसमध्ये १० बालबालिकाको थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot