Logo

चीनले इराकमा सक्रियता बढायो



एजेन्सी, १४ वैशाख । चीनले इराकमा सक्रियता बढाएको छ । एशिया र अफ्रिकाका देशहरुमा प्रभाव बढाउँदै लगेको उसले पछिल्लो समय इराकमा पनि सक्रियता देखाएको हो ।

चीनले बेल्ड एन्ड रोड इनिसिएटिभ (बीआरआइ) मार्फत् सँसारभरका विकासोन्मुख देशहरुमा प्रभाव बढाउँदै लगेको छ । उसले श्रीलंका, पाकिस्तान, म्यानमार, जिबुटी जस्ता देशहरुलाई महङ्गो ब्याजमा ऋण दिइसकेको छ ।

चीनको प्रभाव सुनिश्चित हुने गरी ऋणहरु प्रभाव गरिएका छन् । चीनको प्रभावबाट बाहिर जानै नसक्ने अवस्था निर्माण गरिएबाट कतिपय देशहरु चुनौती भोगिरहेका छन् । उसले फरक तरिकाले पनि विभिन्न देशमा प्रभाव बढाउन खोजेको छ ।

इराकमा चीनले तेल उत्पादनमा संयुक्त लगानी गरेको छ । यसका लागि उसले इरान समर्थित इराकमा सक्रिय सशस्त्र समूहको भर परेको बुझिएको छ । चीनले तेल खरिद गर्ने राष्ट्रमध्ये इराक तेस्रो नम्बरमा पर्छ ।

मध्यपूर्वका कतिपय देशहरुमा अमेरिकाले धमाधम हात झिक्न थालेपछि रिक्ततामा रुस सक्रिय भएको छ । चीनले विस्तारै स्थिति आफू अनुकूल बनाउँदै लगेको छ । उसले इरान समर्थित समूहको साथमा प्रभाव निरन्तर बढाइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot