Logo

आत्महत्याको प्रयास गर्ने बुटवलका उम्मेदवारविरुद्ध उजुरी



बुटवल, १४ बैशाख । बुटवल वडा नं.२ का वडाअध्यक्षका उम्मेदवार रमेश नेपालमाथि उजुरी परेको छ । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका नेपाल गत चुनावमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

उनी विरुद्ध २०७६ साल भदौ २१ गते आत्महत्या गर्ने प्रयास गरेर अपराध गरेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको भन्दै उनीविरुद्ध उजुरी परेको हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot