काठमाडौं, १४ बैशाख । सरकारले विदेशी मुद्राको संचिति घट्न थालेपछि विभिन्न सामान आयातमा रोक लगाएको छ । विभिन्न १० वस्तुमा रोक लगाइएको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले जनाएको छ ।
मोबाइल, २५० सिसीमाथिका मोटरसाइकल, गाडी, मदिरा, सुर्तिजन्यपदार्थ, खेलौना, कुरमुरे, लेजसहित १० वस्तु आयातमा आगामी असार मसान्तसम्मका लागि सरकारले पुर्ण प्रतिबन्ध लगाएको हो ।