Logo

विराटनगरमा उपप्रमुख उम्मेदवार कार्कीविरुद्ध उजुरी



विराटनगर, १४ बैशाख । विराटनगर महानगरको उपप्रमुखमा कोशी अञ्चल अस्पताल सञ्चालक समितिको सदस्य पदबाट राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै शिल्पा निरौला कार्कीविरुद्ध उजुरी परेको छ ।

एमालेको उम्मेदवार कार्कीमाथि निर्वाचन अधिकृतको कार्यालय विराटनगमा जसपाका उपमेयरका उम्मेवदार अमरेन्द्र यादवले उजुरी दिएका हुन् ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्कीसहित ४ जना उम्मेदवारविरुद्ध परेको जनाएको छ ।

नेपाल सरकार, प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा सरकारबाट अनुदान प्राप्त संसथामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्तिले उम्मेदवारी दिन नपाउने कानुनी व्यवस्था रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्