काठमाडौं, १४ बैशाख । नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले सचिवालय सदस्यहरु हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पदमुक्त गरेको छ ।
आज बसेको पार्टीको बैठकले पार्टीविपरित गतिविधि गरेको भन्दै आज बसेको बैठकले निष्काशन गर्ने निर्णय गरेको थियो ।
विप्लवले आज जारी गरेको विज्ञप्तिमा ‘सुदर्शन र कञ्चनका गल्तीहरुको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवं भेलासमेत गर्दै हिंडेकाले पार्टी विधान अनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ,’–उल्लेख गरिएको छ ।
पार्टीमा यस्तो नहोस् भन्ने चाहेको भएपनि विभिन्न तत्वहरुको उक्साहट मुख्यतः सुदर्शन र कञ्चनकै अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिका कारण यस्तो निर्णय लिनुपर्ने अवस्था सृजना भएको समेत पार्टीले स्पष्ट पारेका छ ।