Logo

रथयात्राका क्रममा करेन्ट लागेर ११ जनाको मृत्यु



एजेन्सी, १४ बैशाख । तमिलनाडुको तञ्जावुर जिल्लामा रहेको एउटा मन्दिरको रथयात्राका क्रममा ठूलो दुर्घटना भएको छ ।

बुधबार बिहानै बिजुलीको तारमा रथले छुदाँ ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका पनि छन् । दुर्घटनामा १५ जना घाइते भएका छन्, उनीहरुलाई अस्पतालमा भर्ना गरिएको छ ।

घटनाप्रति दुःख व्यक्त गर्दै राज्यका मुख्यमन्त्री एमके स्टालिनले मृतकका परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । उनी आज दिउँसो तञ्जाभर पुगेर स्थितिको जानकारी लिने र घाइतेहरुलाई भेट्ने छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot