Logo

विप्लव नेतृत्वको नेकपा विभाजनतर्फ, कञ्चन र सुदर्शन नयाँ पार्टी घोषणाको तयारीमा



काठमाडौं, १४ बैशाख । नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबाट निष्कासित भएका सचिवालय सदस्यहरु हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलाले नयाँ पार्टी घोषणाको तयारीमा जुटेका छन् ।

पार्र्टीको निर्णयविपरित गतिविधि गरेको भन्दै आज बसेको बैठकले दुई शीर्ष नेताहरुलाई निष्कासन गर्ने निर्णय गरेको थियो । बैठकपछि विप्लवले एक विज्ञप्ती जारी गर्दै बाध्य भएर उनीहरुलाई पार्टीले कारबाही गरेको समेत उल्लेख गरेका थिए ।

कारबाहीमा परेका पक्षको पनि आज बैठक बसेको छ । उनीहरुले अर्कै पार्टी बनाएर सम्भवत आजै नयाँ पार्टी घोषणा गर्ने तयारीमा जुटेको निकट स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्