Logo

पाँचदल बाहेकका दलसँगको तालमेल खारेज गर्ने गठबन्धनको निर्णय



काठमाडौं, १४ बैशाख । सत्ता गठबन्धनले पाँचदलिय गठबन्धन बाहेकका दलसँग चुनावी तालमेल गरेको ठाउँमा खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

विभिन्न स्थानमा गठबन्धनको निर्णयविपरित एमालेसँग कांग्रेस र माओवादीले तालमेल गरेको खबर बाहिरीएपछि गठबन्धनले तालमेल भएको भए खारेज गर्ने निर्देशन दिएको हो ।

‘गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अबिलम्ब खारेज गर्ने ।’– गठबन्धनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा देशभरका ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको निर्णयविपरित दर्ता गराएका उम्मेदवारी फिर्ता लिन सम्बन्धित संयन्त्रलाई निर्देशन दिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot