Logo

बागी उम्मेदवार पौडेललाई भेट्न गृहमन्त्री भरतपुर जाँदै



काठमाडौं, १४ बैशाख । गठबन्धनका साझा उम्मेदवारविरुद्ध भरतपुरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई भेट्न आज नेपाली कांग्रेस नेता तथा गृहमन्त्री बालकुष्ण खाँण चितवन जाने भएका छन् । गठबन्धनले माओवादी केन्द्रको उम्मेदवार रेणु दाहाललाई उम्मेदवार बनाएको हो ।

आज बसेको सत्ता गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा बागी उम्मेदवारी दर्ता फिर्ता गराउने निर्णय गरेसँगै गृहमन्त्री खाँण चितवन कांग्रेसका नेता पौडेलसँग सम्बाद र छफफल गर्न भरतपुर जान लागेका हुन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा चितवन पुगेर खाँणले पौडेललाई फकाउने प्रयास गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot