काठमाडौं, १४ बैशाख । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव नजिक आएकोले पार्टीको निर्णय मान्नुको विकल्प नरहेको बताएका छन् ।
बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा स्थानीय निर्वाचन अभियान सम्बन्धि कार्यक्रममा बोल्दै थापाले कतिपय नेता कार्यकर्ता अन्यायमा परेको भन्दै अहिले पार्टीको निर्णय मान्नुको विकल्प नरहेको स्पष्ट पारेका हुन् । पार्टी चुनावमा होमिएको भन्दै मतभेद भएपनि चुनावको बेला पार्टीको निर्णय सबैले मान्न पर्ने उनले धारणा राखे ।
उनले स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई फिर्ता लिन आग्रह गर्दै थापाले नेता कार्यकर्तालाई अहिले परेको अन्यायको हिसाब किताब हुने र अन्यायको क्षतिपुर्ति हुने निर्णयगर्ने ठाउँँसम्म पुर्याउने पनि प्रतिवद्धता जाहेर गरे । महामन्त्री थापाले पार्टीको निर्णय उल्लघन गरेपछि फेरी फर्कने ठाउँ नहुने पनि चेतावनी दिए ।