काठमाडौं, १४ बैशाख । सरकारले कम आवश्यक, विलासीजन्य र स्वास्थ्यमा नकरात्मक असर पार्ने विभिन्न १० वटा वस्तुहरुको पैठारीमा पुर्ण बन्देज लगाउने निर्णय गरेको छ। ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले विलासीजन्य र स्वास्थ्यमा असर पार्ने १० वस्तुहरु आयातमा रोक लगाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषदले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याललाई बढुवा गर्ने पनि निर्णय गरेको छ ।
त्यस्तै, सरकारले श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठका नेतृत्वमा प्रतिनिधिमण्डललाई मलेसियाको भ्रमण गर्न स्वीकृती समेत दिएको छ ।