Logo

गायक डोलराज न्यौपानेले ल्याए ‘माओवादीलाई भोट’ (भिडियोसहित)



काठमाडौं, १४ बैशाख । गायक डोलराज न्यौपानेको ‘माओवादीलाई भोट’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । न्यौपाने र प्रगती महराको स्वरमा रहेको स्थानीय चुनाव केन्द्रीत उक्त गीत माओवादी केन्द्र पार्टीको लागि बनाइएको हो ।

‘गाउँघर जताततै देशभरी हल्ला छ, माओवादी केन्द्रलाई जिताउने सल्लाह छ’बोलको गीतमा सुरत विष्ट सुमन, सुजन क्षेत्री, पेमा घले, कृपा मोक्तान र कोशी बस्यालको सशक्त अभिनय रहेको छ । त्यस्तै, सम्पादन भने अनिल बिष्ट प्युठानीले गरेका छन् । गीतको संगीत तथा लय डोलराज न्यौपानेकै रहेको छ भने भिडियोको निर्देशन सन्तोष गुरुङले गरेका हुन् ।

१८ वर्षदेखि गीत संगितमा लागेका न्यौपानेले लोकगीत, भजन, पञ्चेबाजा लगायतका विभिन्न किसीमका गीत बजारमा ल्याएका छन् ।
जनकलाकार संघका केन्द्रीय सदस्य तथा नवलपरासी माओवादी केन्द्रका सचिवालय सदस्य समेत रहेका गायक न्यौपाने गीत संगितसँगै पछिल्लो समय पार्टीमा पनि सक्रिय छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot