एजेन्सी, १४ बैशाख । कन्नड फिल्म केजीएफ च्याप्टर २ ले बक्स अफिसमा हरेक दिन ठूलो कमाई गरिरहेको छ । यो फिल्मलाई दर्शकले निकै रुचाएका छन् । यही कारणले गर्दा अभिनेता यश अभिनित फिल्म केजीएफ च्याप्टर २ ले कमाईका दिन प्रतिदिन नयाँ–नयाँ रेकर्ड बनाइरहेको छ । साउथ सिनेमाको यो फिल्मलाई हिन्दी भाषी दर्शकले निकै रुचाएका छन् । चाँडै केजीएफ च्याप्टर २ ले धेरै बलिउड फिल्महरूको रेकर्ड तोड्न गइरहेको छ।
यो फिल्म बक्स अफिसमा रिलिज भएको १३ दिन भइसकेको छ । यति दिनमा यो फिल्मले धेरै रेकर्ड बनाएको हो । केजीएफ च्याप्टर २ ले दुई हप्ता दिनमा पनि बक्स अफिसमा आफ्नो राम्रो गरेको छ । ट्रेड एनालिस्ट तरण आदर्शको अनुसार फिल्मको हिन्दी संस्करणले मंगलबार बक्स अफिसमा ७ करोड ४८ लाख रुपैयाँ कमाएको छ । योसँगै केजीएफ २ हिन्दीले कुल ३३६ करोड ८८ लाख कमाएको छ ।
यसअघि च्याप्टर २ हिन्दीले सोमबार ८ करोड २८ लाख रुपैयाँ कमाएको थियो। यो फिल्मले यो साताको अन्त्यमा हिन्दी संस्करणमा ३५० करोडको आँकडा बनाउन सक्ने अनुमान गरिएको छ । केजीएफ च्याप्टर २ को विश्वव्यापी कमाईको कुरा गर्दा, फिल्मले सोमबार नयाँ कीर्तिमान कायम गरेको छ । केजीएफ च्याप्टर २ ले ग्लोबल बक्स अफिसमा ९०० करोडभन्दा बढी कमाएको छ। यस्तो गर्ने यो छैटौं भारतीय फिल्म हो ।
प्रशान्त नीलको फिल्म केजीएफ च्याप्टर २ ले सोमबार प्रत्येक भाषामा जम्मा २३ करोड रुपैयाँ कमाएको छ, जुन विश्वव्यापी रूपमा ९०७.३ करोड रुपैयाँ पुगेको छ । अब यसले सलमान खान स्टारर बजरंगी भाइजान र आमिर खान स्टारर सेक्रेट सुपरस्टारको कलेक्सनलाई पार गर्ने र यो साताको अन्त्यसम्ममा १००० करोडको आँकडा पनि छुन सक्ने ट्रेड विश्लेषकको विश्वास छ ।
यो फिल्म अप्रिलको १४ गते विश्वभरका थिएटरहरूमा रिलिज भएको हो। यो फिल्मलाई भारतमा मात्रै नभई विदेशमा पनि निकै रुचाइएको छ । च्याप्टर २ मा बलिउड अभिनेता सञ्जय दत्त र अभिनेत्री रविना टण्डन अभिनेता यशसँगै मुख्य भूमिकामा छन्। फिल्ममा यी सबै कलाकारको अभिनयलाई दर्शकले राम्रोसँग रुचाएका छन् ।