Logo

छापामार शैलीमा विप्लवका कार्यकर्ता चुनावी मैदानमा



काठमाडौं, १५ वैशाख । स्थानीय चुनावमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले न त प्रत्यक्ष भाग लिएको छ न त बहिष्कारको घोषणा नै गरेको छ । चुनावको विषयले समूह विभाजित पनि भएको छ । तर, विप्लव समूह विभिन्न पार्टीमा घुसेर छापामार शैलीमा चुनावमा भाग लिइरहेको खुल्न थालेको छ ।

विप्लव समूहका कार्यकर्ताहरु काठमाडौं उपत्यका भित्र र बाहिर समेत विभिन्न पार्टीमा लागेर चुनावमा उत्रिएका छन् । उनीहरु मध्ये धेरैले पालिकाको वडाध्यक्ष र सदस्यहरुमा चुनाव लड्दैछन् । उपत्यकाभित्र राप्रपाको चुनाव चिन्हमा समेत विप्लवका कार्यकर्ता चुनाव लड्न लागेको पत्ता लागेको छ ।

तराईमा जसपा, राजपाका अलावा साना दलहरुबाट पनि विप्लवका कार्यकर्ताले चुनावमा उम्मेदवारी दिएका छन् । यो विप्लवको रणनीतिका रुपमा बुझिएको छ ।

चुनावलाई प्रयोग गर्ने विप्लवको रणनीति बुझेर विवाद चुलिएको छ । धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीलाई विप्लवले निष्काशन गरेका छन् । उनीहरु चुनावमा जान पनि नहुने र यसलाई प्रयोग पनि गर्न नहुने पक्षमा थिए ।



प्रतिक्रिया दिनुहोस्