Logo

उद्धब पौडेलले कमल थापाको साथ छाडे



काठमाडौं, १५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उपाध्यक्ष उद्धव पौडेलले पार्टी छाडेका छन् । कमल थापा नेतृत्वको राप्रपा नेपालबाट आजबाट उनी अलग भएको घोषणा गरेका हुन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापालाई राजीनामा पत्र बुझाउँदै पौडेलले पार्टीको सबै जिम्मेवारीमा नरहने स्पष्ट पारेका छन् । उनले आफूलाई सहयोग गर्नेहरुप्रति आभार व्यक्त गरे ।

चलचित्र व्यवसायी उद्धब पौडेल लामो समय राप्रपामा रहेर कमल थापाको निकट रहँदै आए । उनी थापाले पार्टी छाड्दा साथमै रहे ।



प्रतिक्रिया दिनुहोस्