Logo

सिर्जना सिंहको संकल्प पत्र सावर्जनिक कार्यक्रममा कांग्रेसका महामन्त्रीदेखि प्रवक्तासम्म



काठमाडौं, १५ बैशाख । नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले आज संकल्प
पत्र सार्वजनिक गरेकी छिन् ।

सत्ता गठबन्धनको साझा उम्मेदवार सिंहले बबरमहलस्थित कार्की ब्याङ्केटमा एक कार्यक्रमको आयोजना गरेर सकल्पप्रस्ताव सार्वजनिक गरेकी हुन् ।

संकल्प पत्र सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, प्रवक्ता प्रकाशशरण महत, नेता प्रकाशमान सिंह, सांसद तथा पुर्व मन्त्री भीमसेनदास प्रधान, नेताहरु सबुज बानियाँ, प्रतिमा गौतम, काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी लगायतका नेताहरु सहभागी छन् । नेताहरुले आ–आफ्नो भनाइ राख्ने क्रम जारी छ ।

सकल्पपत्रमा काठमाडौंलाई सास्कृतिक सुन्दर, सुविधायुक्त नगर बनाउने लगायतका विषय समेटिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्