Logo

चुनावमा कहीं सुनिएन मोनोरेल, मेट्रोरेल र मेट्रोसिटीको कुरा



काठमाडौं, १५ वैशाख । २०७४ को स्थानीय चुनावमा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा मेयर र उपमेयरका उम्मेदवारहरुले मेट्रो सिटीका कुरा गरे । कतिपयले यसबारे बुझ्दै नबुझी बोले । मेट्रो सिटी बनाउने कुरा उम्मेदवारहरुका लागि फेशन नै बन्यो ।

नगरका उम्मेदवारहरुले मेट्रोरेल र मोनोरेलको कुरा गरे । देशलाई सिंगापुर र स्वीजरल्यान्ड जस्तो बनाउँछु भने । ठूला ठूला कुरा गरे ।

गाउँपालिकाहरुमा पनि चिल्ला बाटाघाटा बनाउने सपना देखाए । मतदातालाई देश अहिले नै भौतिक रुपमा सम्पन्न भएको जस्तो बनाइदिए । तर, उम्मेदवारहरुले देखाएको सपना पूरा गर्न सकेनन् । पदमा बसेको एक वर्षमा नगरहरुको प्रदूषण झन् बढ्यो । रेलको कुरा गर्नेहरुले बाटोको खाल्डो समेत पुर्न सकेनन् ।

ज जस्ले चुनाव जित्न सस्तो लोकप्रीयताको ठूला कुरा गरेर साना काम पनि गर्न सकेनन् उनीहरुलाई यसपटक टिकट पाउन कठिन भयो । जस्ले पाए तिनले विगतमा जस्तो मोनोरेल र मेट्रोरेलको कुरा गर्न छाडेका छन् ।

यसपटक कहिंपनि यस्ता कुरा नहुनुमा मतदाताको चेतना पनि कारण हो । गत चुनाव जित्न सस्ता कुरा गरेकाहरुले यसपटक चुनावमा यो या त्यो गर्छु सम्म भन्न साहस गर्न छाडेका छन् । पालिकाहरुमा जे आवश्यक छ र जे सकिन्छ त्यो मात्र बोल्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्