काठमाडौं, १५ बैशाख । नेपाली काँग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिका–१६ को वडाअध्यक्षमा मुकुन्द रिजालले उम्मेदवारी दिएका छन् ।
यसअघि सफल वडा अध्यक्ष भएर आफ्नो कार्यकुशलता प्रस्तुत गरेका रिजालले दोस्रो कार्यकालका लागि पुनः वडा अध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन् ।
नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ७ को सभापति समेत रहेका रिजालले वडा अध्यक्ष भएर जनताको सेवामा लोकप्रिय काम गर्दै आएका छन् ।
नेपाल विद्यार्थी संघबाट राजनीति सुरुवात गरेका रिजाल काठमाडौं जिल्ला कार्यसमितिको तीन कार्यकाल सदस्य हुँदै अहिले दोश्रो कार्यकाल नेपाली कांग्रेस क्षेत्र नम्बर ७ को सभापति हुन् ।
काठमाडौं महानगर– १६ मा कांग्रेसको तर्फबाट अध्यक्ष मुकुन्द रिजालको प्यानलमा सदस्यहरु देबेन्द्र पाठक, जितेन्द्र कुमार श्रेष्ठ, आशा शाक्य र टीका गहतराजले उम्मेद्बारी दिएका छन् ।