Logo

गृहमन्त्री चितवन पुगेको विषय आयोगको नोटिस मा



काठमाडौं, १५ बैशाख । नेपाली काग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँण नेपाली कांग्रेसको आन्तरिक विवाद मिलाउन चितवन पुगेको विषय निर्वाचन आयोगले नोटिसमा रहेको जनाएको छ ।

आयोगको नियमित पत्रकार सम्मेलनमा मन्त्री खाँण चितवन पुगेको बारेमा सोधिएको प्रश्नमा प्रतिक्रिया दिँदै सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले आयोगले यस विषयमा चाडैनै आयोगले निर्णय लिने जानकारी दिएका हुन् ।

अर्यालले सार्वजनिक पदमा रहेको व्यक्तिको ध्यानाकर्षण हुने र आचारसंहिता पालना गर्नुपर्छ भन्ने आयोग दुढ रहेको समेत स्पष्ट पारेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot