Logo

को हुन् काठमाडौं महानगरपालिकामा उपमेयरकी उम्मेदवार सुनिता डंगोल ?



काठमाडौं, १५ वैशाख । काठमाडौं उपमहानगरपालिकामा नेकपा एमालेले सुनिता डंगोललाई उपमेयरको उम्मेदवार बनाएको छ । डंगोल स्वतन्त्र रुपमा मेयरको उम्मेदवार बन्ने चर्चा थियो । तर, अचानक उनी एमालेको टिकट पाएर उपमेयरको उम्मेदवार बनिन् ।

सन् २०११ मा मिस नेवा भइसकेकी सुनिता डंगोल सामाजिक सञ्जालमा नेपाल भाषाको कक्षा सञ्चालन गर्थिन् । उनले विगतबाट नै काठमाडौं महानगरपालिकामा महत्वपूर्ण पदमा उम्मेदवार बन्ने तयारी गरेको बुझिएको छ ।

रेडियो र टिभी शो चलाएकी उनले कोभिड १९ को महामारीमा कल्लीजात्रा नाम दिएर नेपाल भाषाको कक्षा चलाइन् । उनले नेपाल भाषा कक्षाको शिक्षिकाको रुपमा आफूलाई उभ्याइन् ।

२९ वर्षीया डंगोल काठमाडौं महानगरपालिकामा लामो समयदेखि जोडिएको खुलेको छ । उनले काठमाडौं महानगरपालिकाको शहरी योजना आयोगमा बसेर काम गरेको युएन युथ एन्ड स्टुडेन्ट एशोशिएसन अफ नेपालले उल्लेख गरेको छ । मासिक ४० हजारभन्दा बढी नेपाली रुपैयाँ पाउने गरी छैंठौं तहको अधिकृतसतरीय नियुक्त पाएकी थिइन् । महानगरपालिकामा लामो समय नियमित रकम प्राप्त गरेर काम गरेकी उनको महानगरपालिकामा उम्मेदवार बन्ने योजना आकस्मिक नभएको समेत देखिन्छ ।

बायोटेक्नोलोजीमा स्नातक गरेकी डंगोल विभिन्न संस्थामा रहेर काम गरिन् । नेपाल भाषाको रञ्जना लिपीमा समेत काम गरिन् ।-Photo Source: Mukunda Kalikote/Reportersnepal



प्रतिक्रिया दिनुहोस्