Logo

श्रीलंकाले ऋणबारे चीनसँग संवाद बढायो



एजेन्सी, १५ वैशाख । श्रीलंकाले ऋणबारे चीनसँग संवाद थालेको छ । श्रीलंकाका आमसञ्चारमन्त्री नलाका गोडाहेवाले ऋणबारे पुर्नविचार गर्न चीनसँग संवाद बढेको खुलाएका हुन् ।

स्पुतनिकसँग बोल्दै गोडाहेवाले अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंकसँग आर्थिक सहयोगका लागि प्रतिवद्धता पाएको बताए । चीनसँगको ऋणसम्बन्धी विषयमा सम्झौताका लागि छलफल प्रारम्भिक चरणमा रहेको खुलाए ।

श्रीलंकाले चीनसँग साँढे ३ अर्ब डलर ऋण लिएको छ । यो श्रीलंकाले किुनै देशसँग लिएको ऋणमध्ये सबैभन्दा बढी हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले श्रीलंकालाई मुद्रा नीतिलाई कडा बनाउन, कर बढाउन सुझाव दिएको मिडिया रिपोर्टहरुमा उल्लेख छ । श्रीलंका अहिले ठूलो आर्थिक संकट भोगिरहेको छ । यसले त्यहाँ दैनिक उपभोग्य सामाग्रीको अभाव भइरहेको छ । श्रीलंका इन्धन र खाद्य सामाग्री समेत खरिद गर्न नसक्ने अवस्थामा पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot