Logo

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौं, बैशाख १६ । नेपाली बजारमा आज सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको छ । योसँगै आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने आज स्थिर छ । बिहीबार १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot