Logo

विप्लव नेतृत्वको नेकपाबाट निष्कासित कञ्चन र सुदर्शन पक्षको भेला सुरु



काठमाडौं, १५ बैशाख । नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबाट निष्कासित भएका सचिवालय सदस्यहरु हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला (कञ्चन)पक्षको भेला सुरु भएको छ।

पार्टीको निर्णयविपरित गतिविधि गरेको भन्दै कारबाहीमा परेका द्धय नेताले केन्द्रीय समितिमा आफ्नो पक्षमा सहमति जुटाउन आज काठमाडौंमा भेला बोलाएका हुन् । कञ्चन र सदर्शनले केन्द्रीय समितिको बैठकपछि मात्रै थप निर्णय लिने तयारीमा छन् ।

पार्टीमा ६८ जना केन्द्रीय सदस्य रहेकोमा ४० जना आजको भेलामा उपस्थित रहेको जनाइएको छ । पार्टीको निर्णयविपरित गतिविधि गरेको भन्दै आज बसेको बैठकले दुई शीर्ष नेताहरुलाई निष्कासन गर्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्