Logo

सर्वोच्चमा गर्भनर अधिकारीको रिटमाथि सुनुवाइ सुरु



काठमाडौं, १३ बैशाख । सर्वोच्च अदालतमा गर्भनर महाप्रसाद अधिकारीले दिएको रिटमाथि सुनुवाइ सुरु भएको छ । न्यायाधीशद्धय सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाई सुरु भएको हो ।

सरकारले आफुलाई निलम्बन गरेको भन्दै अधिकारीले गत बैशाख ५ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

न्यायाधीश हरि फुयाँलको एकल इजलासले बैशाख १३ गते सम्मका लागि अल्पकालिन अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश फुयाँलले अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा निर्णय लिने जनाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot