विपिन देवः वैदिक परम्परा अनुसार शास्त्रार्थको माध्यमबाट मानव समाजले सम्पूर्ण समस्याहरूलाई सामाधान गर्न सक्दछ । यही पूर्वीय दार्शनिक भाष्यलाई आरमसाथ गर्दै सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश मन्त्रालयलाई वैचारिक महामन्थनलाई अनुष्ठान गर्न निर्देश गरेका थिए । तदनुरुप सन् २०१६ देखी भारतका परराष्ट्र मन्त्रालय र अभजरभर रिर्सच फाउन्डेसनको संयुक्त आयोजनामा रायसिना सम्वादको श्री गणेश भएको देखिन्छ । सन् २०२२ को २५ अप्रिलदेखि सुरु भएको रायसीना सम्वादको सातौ संस्करण हो र सन् २०२२ को यो रायसीना सम्वादलाई सारा संसारले उत्साह र गम्भीरता पूर्वक अवलोकन गरिरहेकोे छ । वास्तवमा यस पटकको रायसीना सम्वादलाई महामन्थन र वैचारीक महाकुम्भको संज्ञा दिएका छन् । सायद संयुक्त राष्ट्र संघ जस्तै विश्वमा महान हस्तीलाई एउटै मञ्चमा ल्याउन सक्ने सामर्थय रायसीना सम्वाद वाहेक अर्को वैचारीक मन देखिदैन ।
संसारमा ९० राष्ट्रका प्रतिनिधिहरू सहभागीता भएको उक्त सम्मेलनमा २१० जना उच्च कोटीका वक्ताहरू रहेका छन् । १०० सत्रको कार्यक्रम ६ हिस्सामा विभाजित देखिन्थ्यो । मुलतः व्यापार प्रविधि, वैश्विक सन्तुलन, स्वास्थ्य, हिन्द प्रसान्त क्षेत्रका चूनौती, हरित क्रान्ती, उर्जा संकट जस्ता मानव संवेदनामा मुलभूत मुद्राहरू गन्थन, वहस र विमर्श भएको थियो । कार्यक्रममा उद्घाटन भारतका प्रधानमन्त्री मोदीले गरेका थिए भने कार्यक्रमको प्रमुख आतिथ्य युरोपेली युनियनका अध्यक्ष उर्सूला लियनले गरेकी थिइन । मुर्धन्य वक्ताका रुपमा स्वीडेनमा पूर्व प्रधानमन्त्री र्काल विडि, क्यानाडाका पूर्व प्रधानमन्त्री स्टेफेन हार्पर, मालदीप्सका पूर्व राष्ट्रपति महोम्दनासीद, अष्टे«ेलीयाका पूर्व प्रधानमन्त्री एन्टोनी अलवोट र संयुक्त राष्ट्र संघका प्रतिनिधिका रुपमा अब्दुल सईद थिए । कार्यक्रमलाई महिमामण्डित गर्दै अर्मेनीमा, अर्जेनटीना, अष्ट्रेलीया, गाना, नाइजेरीया, लिथुनीया, लकजमर्वग, फिलिपिन्स, नेदरल्याण्ड, र्पोतुगलका परराष्ट्र मन्त्रीहरू कार्यक्रमको लालित्यलाई बढाएको थियो ।
कार्यक्रमको पृष्टभूमीमा यूरोपेली यूनियनका अध्यक्षले युक्रेनको समस्यालाई मानव संवेदनासंग जोडेर व्याख्या गर्दै विश्वका जिम्मेवार नेतृत्वहरूलाई रसियामाथि विभिन्न किसिमको दवाव दिन अपिल गरिनुका साथ साथै अदुभूत वालशैलीवाट रसिया र चीनको विचको वढ्दो सामीप्यताले प्रजातान्त्रिक मूल्य मान्यताको मानमर्दन. हुनसक्ने पनि उनले चिन्ता जाहेर गरिन । युरोपेली युनियन र भारत प्रजातन्त्र र खुला बहुल्यवादी समाजको पक्षधर भएकोले गर्दा उनले सहकार्यमा पनि जोड दिइन । कार्यक्रमको केन्द्र विन्दुको रुपमा भारतका परराष्ट्र मन्त्री डा. जयशंकरले विश्व संकटलाई त्रिकोणात्मक समस्यावाट आलोकित गरे । अर्थात् विश्वमा तीन प्रमुख समस्याहरू मध्ये युक्रेन, अफागानीस्तान र कोरना भएको कुरा उनले प्रस्तुत गरे । डा. जयशंकरले वर्तमान विश्वमा उर्जा संकट र खाद्य संकट नै महत्वपूर्ण समस्या भएको कुरा उद्घोष गरे । आप्mनो उद्घोषमा उनले भारतले संसारका ७० वटा मुलुकहरूमा विकासको परियोजनाहरू सञ्चालित गरिरहेको कुरा जानकारी गराए । साथ साथै अफ्रिका लगायत अफगानीस्तान र युक्रेनमा मानव संवेदनालाई आत्मसाथ गर्दै भारतले औषधी र खाद्ययान निर्यात गरेका कुरा पनि उनले अवगत गराए । “उर्जा समस्या समाधानका” सत्रमा भारतका भौतीक पूर्वाधार मन्त्री नितीन गडगरीले वैकल्पीक उर्जाको क्षेत्रमा गरिरहेको प्रगति माथि प्रकास पारे ।
एल.एल.जी, सी.एन.जी, र विद्युतको माध्यमवाट उर्जा क्षेत्रमा सन् २०२५ सम्म नै भारत आत्मनिर्भर हुने कुरा उनले ठोकुवा गरे । साथ साथै विद्युतिय मोटरको क्षेत्रमा सन् २०२५ सम्म भारतले सर्वाधिक उत्पादन गर्ने समेत उनले दावी गरे । वैकल्पिक उर्जाको माधयमवाट आउने दिनमा भारतले ५ करोड नयॉ रोजगारी सृजन ागर्न सक्ने कुरा समेत उनले उल्लेख गरे ।
हरेक सत्रमा युक्रेनको मुद्दा नै केन्द्रित रहेको थियो । युक्रेनको समस्यालाई मानवीय समस्याका व्याख्या गर्न युरोपेली युनियन लगायत पश्चिमा मुलुकका नेताहरू एकमत देखिन्थे । हरेक सत्रहरूको मौलिकता थियो । एउटा चहकिलो सत्रमा नेदरल्याण्डमा उपप्रधानमन्त्री र भारतका सामरिक जानकार डा. हर्ष पन्तले सम्वाद गरेका थिए । नेदरल्याण्डका उपप्रधानमन्त्रीले हिन्दमहासागरीय क्षेत्रमा चीनको बढ्दो दवदवालाई चूनौती दिन प्रजातान्त्रीक मूल्य मान्यतावाट सञ्चालित मुलुकहरूलाई एक ढिक्का हुन अपिल गरेका थिए । नेदरल्याण्डका उपप्रधानमन्त्रीले रसीया र चीनको बढ्र्दोे गठवन्धनले प्रजातन्त्रलाई खतरा हुन सक्ने कुरा पनि उनले चिन्ता जाहेर गरे । साथ(साथै नेदरल्याण्ड र भारतको विच व्यापार, भारतीय मुलका नागरिकहरूले नेदरल्याण्डको प्रगतिमा गरेका योगदान माथि पनि उनले आप्mनो व्याख्यानमा आलोकित गरे ।
विभिन्न सत्रहरू अफगानीस्तानको समस्या प्रति पनि नेतृत्व वर्गले चर्चा गरे । विगतका दिनमा अफगानीस्तानको आन्तरिक राजनीतिमा कट्टरपन्थीहरूको बढ्दो प्रभावलाई निस्तेज गर्न प्रजातान्त्रिक मूल्य मान्यतावाट परिचालित भएका मुलुकहरूको विच समन्व्यको अभाव देखिन्छ । अफगानीस्तानमा कटरपन्थीको बढ्दो प्रभावले आतंकवाद र लागु पदार्थको तस्करी बढ्न सक्ने पनि जानकारहरूको दावी रहेको छ । यस पटकको रायसीना सम्वादमा सौर्य उर्जा, पार्यावरण, शक्ति सन्तुलन, आतंकवाद, कटरपन्थी, अधिनायकवाद जस्ता विभिन्न मुद्दाहरूमा साझा कार्यनीति बनाउ‘नु पर्ने कुरामा पनि जोड दिएको थियो । साथ साथै संसारको सबभन्दा व्यस्त र व्यापारीक रुपले अत्ति महत्वपूर्ण हिन्द महासागरीय क्षेत्रमा आसीयानको सक्रियतालाई पनि बढाउनु पर्ने कुरामा जोड दिएको थियो ।
वास्तवमा सातौ संस्करणको यो रसीयान सम्वाद वैदीक परम्पराको उच्च संस्कारको समुद्र मन्थन नै थियो । समुद्र मन्थनवाट अमृत विश्व कल्याणको लागि उपयुक्त हुन्छ । अर्थात् १०० सत्रमा सम्पन भएको उक्त कार्यक्रमको निचोडले मानव समाजलार्य नयॉ दिगर्दशन र मार्ग निर्देशन गर्नमा पक्कै नै टेवा पु¥याउने छ । यस किसिमको अनुष्ठानले प्रजातन्त्र र मानव सभ्यतामा साकारात्मक उर्जा प्रदत गर्दछ ।