Logo

पोखरा मेयरमा कांग्रेसका दुई बागी उम्मेदवारले मनोनयन फिर्ता लिए 



पोखरा, १६ वैशाख । पोखरा महानगरको मेयर पदमा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका दुईजनाले मनोनयन फिर्ता लिएका छन् ।

नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले शुक्रबार आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन् ।

उनीहरु गठबन्धनको विरोधमा पोखराको मेयरमा उम्मेद्वारी दिएका थिए ।

तर, पार्टीले दिएको निर्देशन पालना गर्दै लोकतन्त्रको रक्षाका लागि उम्मेद्वारी फिर्ता लिएको उनीहरुले बताएका छन्

तिवारी र सापकोटाले उम्मेदवारी फिर्ता लिए पनि बागी विमल कार्कीले भने फिर्ता लिएका छैनन् ।

उनी पनि कांग्रेसकै नेता हुन् ।  अहिले गठबन्धनबाट वडाका उम्मेद्वारले समेत फिर्ता लिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्