Logo

हिमचितुवा विज्ञ मिश्रलाई प्रतिष्ठित ह्वाइटले गोल्ड अवार्ड



एजेन्सी, १७ वैशाख । भारतका एकजना हिमचितुवा विज्ञले प्रतिष्ठित ह्वाइटले गोल्ड अवार्ड प्राप्त गरेका छन् । एशियाको उच्च हिमाली भूभागका चितुवा जातिको संरक्षणमा आदिवासी समुदायलाई पनि सहभागी गराउन भूमिका खेलेकोमा उनलाई उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ ।

लन्डनको रोयल जियोग्राफी सोसाइटीमा मिश्रलाई राजकुमारी अन्नीले उक्त अवार्ड प्रदान गरेकी हुन् । उनको यो अवार्ड ह्वाइटली फन्ड फर नेचरको दोस्रो अवार्ड हो ।

हिमचितुवा पाइने हिमाली भेगमा मिश्रले कार्य गर्दै आएका छन् । उनले संरक्षणमा कार्य गर्दै संस्थागत रुपमा सक्रियता देखाइरहेका छन् । ग्रामीण भेगका आदिवासीलाई हिमचितुवाको संरक्षणमा सहभागी गराउन मिश्रले महत्वपूर्ण सफलता हासिल गरे ।



प्रतिक्रिया दिनुहोस्