Logo

क्वात्राले भारतका विदेश सचिवका रुपमा काम थाले, नेपालका लागि नयाँ राजदूतमा श्रीवास्तवको चर्चा



काठमाडौं, १८ वैशाख । भारतका नयाँ विदेश सचिवका रुपमा विनय मोहन क्वात्राले कार्यभार सम्हालेका छन् । आजबाट उनी भारतको ३४औं विदेश सचिव बनेको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले जानकारी दिएका छन् ।

क्वात्रा नेपालका लागि राजदूत रहँदै विदेश सचिव नियुक्त भएका थिए । क्वात्रा चीनबारे जानकार मानिन्छन् । उनी नेपालमा राजदूत हुनुअघि फ्रान्सका लागि राजदूत थिए । क्वात्रा कम बोल्ने स्वभावका कूटनीतिज्ञ मानिन्छन् ।

यसैगरी, नेपालका लागि नयाँ भारतीय राजदूतमा पूर्वी एशिया डेस्क हेर्ने नविन श्रीवास्तवको चर्चा छ । हिन्दूस्तान टाइम्सले श्रीवास्तवलाई नेपाल पठाउने तयारी भएको उल्लेख गरेको छ । श्रीवास्तव चीनबारे जानकार कूटनीतिज्ञ मानिन्छन् । भारत र चीनबीच सैन्य टकराव भएपछि संवादका बखत उनी महत्वपूर्ण जिम्मेवारीमा थिए ।



प्रतिक्रिया दिनुहोस्