Logo

छोराको ढुङ्गा प्रहारबाट बुवाको मृत्यु



प्युठान, १८ बैशाख । आफ्नै बुवा ८३ वर्षीय जंग बहादुर सुनारको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सुनारको हत्या गरेको अभियोगमा नौबहिनी गाउँपालिका–४ खबाङ खप्रेटा बस्ने ३० वर्षीय तुले सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरेका तुलेले सामान्य झगडामा ढुङ्गा प्रहार गर्दा जंग बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुङबहानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्