काठमाडौं, १८ बैशाख । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंहलाई सरकारले गरेको नियुक्तिमा विरोध जनाएका छन् ।
नेता कोइरालाले सामाजिक सञ्जालमार्फत सरकारले प्रहरीको आईजीपी नियुक्त वरियता र प्रक्रिया मिचेर गरेको टिप्पणी गरेका हुन् ।
कोइरालाले आईजीपी नियुक्तीमा सरकारले बिधिको शासनको खिल्ली उडाउँने काम गरेको समेत उल्लेख गरेका छन् ।
सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक बिवादमा ल्याउने उनको भनाइ छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको हो ।
वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले बिधिको शासनको खिल्ली उडाउँने काम गरेको छ।
सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक बिवादमा ल्याएको छ।— Dr Shekhar Koirala (@Shekharnc) May 1, 2022