Logo

नेकपा एसका १५ सय उम्मेदवारले लिए मनोनयन फिर्ता, अन्य दलको कति (सुची हेरौ)



काठमाडौं, १९ बैशाख । आगामी बैशाख ३० हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका स्वतन्त्र उम्मेदवारहरु मध्ये केहीले मनोनयन फिर्ता लिएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिनेहरुमध्ये ३ हजार ६ जनाले मनोनयन दर्ता फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ ।

स्वतन्त्रपछि सबैभन्दा धेरै मनोनयन फिर्ता लिनेमा नेकपा (एकीकृत समाजवादी)का रहेका छन् । एसका १५ सय १ जनाले उम्मेदवारी फिर्ता लिएका हु्न् । त्यस्तै, माओवादीका केन्द्रका १४ सय ७४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यसैगरी, नेपाली कांग्रेसका ६ सय ३९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

राप्रपाका ३६४ जना, जनता समाजवादी पार्टी, नेपालका ३ सय ३३, एमालेका २९३ जना, जनमत पार्टीका ६६ जना र राष्ट्रिय जनमोर्चा पार्टीका ५९ जना उम्मेदवारहरुले मनोनयन फिर्ता लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्