काठमाडौं, १९ बैशाख । सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक राजु अर्यालले संगठनको बृहत्तर हितको लागि व्यक्तिगत हितमा नलाग्ने स्पष्ट पारेका छन् । आज (सोमबार) गृह मन्त्रालयमा नवनियुक्त आइजिपी अर्यालले दर्ज्यानी चिन्ह लगाएपनि कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अर्यालले नेपालको अन्तर्राष्ट्रिय सिमा नाकामा गस्ती र सीमा सुरक्षा सुदूढ पार्न सीमा विकास कार्यक्रम अन्तर्गत सीमा निगरानी बहुउद्देश्यीय सडक विस्तार गर्ने पनि बताए ।
नवनियुक्त महानिरीक्षक अर्यालले सीमा सुरक्षा सम्बन्धि घटना र जानकारी समयमै प्रतिवेदन गर्न र कार्यान्वयनमा लैजान सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा २४ सै घण्टा रहने गरी छुट्टै डेक्स स्थापना गर्ने उनले प्रतिवद्धता जाहेर गरे ।