Logo

नेपाल र जिम्बावेबीचको खेल स्थगित (फोटोफिचर)



काठमाडौं, १९ बैशाख ।त्रिवी क्रिकेट मैदानमा जारी नेपाल र जिम्बावेबीचको खेल स्थगित भएको छ । त्रिवी क्रिकेट मैदानमा पानी परेकोले जिम्बावे ’ए’ विरुद्धको दोस्रो टी–ट्वान्टी खेल स्थगित भएको हो ।

नेपालले फिल्डिङ रोजेपछि जिम्बावेले सुरुआतमा ब्याटिङ गर्ने भएको थियो । हिजो (आइतबार) भएको पहिलो खेलमा जिम्बावेसँग नेपाल ६ विकेटले पराजित भएको थियो । आज भने नेपाल बदला लिन चाहन्छन् ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ’ए’ सँग सिरिज खेलिरहेको हो।

तस्विर: मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्

Screenshot