Logo

मंगलबार र बुधबार पनि वर्षाको सम्भावना



काठमाडौं, १९ बैशाख । काठमाडौंमा अहिले वर्षा भइरहेको छ । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ।

विभागको अनुसार भोलि (मंगलबार) प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ।

त्यस्तै, प्रदेश १, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यसैगरी, भोलि राति पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक बदली रहने छ। लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू तथा प्रदेश १ र बागमती प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, बुधबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबार राती देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका अन्य भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्