Logo

विश्वराज पोखरेलको रिटमा के छ ?



काठमाडौं, १९ वैशाख । धीरज प्रताप सिंहलाई आइजीपी नियुक्त गरेपछि सरकारलाई विपक्षी बनाई सर्वोच्च अदालतमा एआइजी विश्वराज पोखरेलले रिट दर्ता गरेका छन् । रिटमा आफूलाई आइजीपी बढुवा गर्नुपर्ने र धीरज प्रताप सिंहलाई आइजीपी नियुक्त गर्नु गैरकानूनी भएको जिकिर गरेका छन् ।

पोखरेलले आफू ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन, अध्ययन, तालिम, पुरस्कार, विभूषण, चूनौतीपू्रर्ण र विशेष जिम्मवारी समेतको आधारमा बढुवा गर्न नहुने कारण नभएको तर्क गरेका छन् । उनले आइजीपी सिंहको बढुवालाई मूल्य मान्यता विपरित भन्दै उत्प्रेषण, परमादेशलगायत आदेश जारी गरी आफूलाई बढुवा गर्न माग गरेका छन् ।

आफू वरिष्ठतामा अगाडि रहेको पोखरेलको जिकिर छ । उनले कार्यसम्पादन मूल्यांकनमा पनि आफूले नै बढुवा पाउनुपर्ने दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्