Logo

व्यक्तिभन्दा नीति, पद्धति र सिद्धान्त ठूलो



काठमाडौं, बैशाख २० । । प्रहरी महानिरीक्षकमा बढुवा भएका धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षकमा बढुवा भएका राजु अर्यालले सोमबारदेखि कार्यभार वहन गरेका छन् । गृह मन्त्रालयमा सोमबार आयोजित विशेष समारोहमा गृहसचिव टेकनारायण पाण्डेबाट दज्र्यानी चिह्न प्राप्त गरेपछि दुवै महानिरीक्षकले आ–आफ्नो कार्यालयमा गई पदीय जिम्मेवारी वहन गरेका हुन् ।

दज्र्यानी चिह्न प्रदान गर्न गृह मन्त्रालयमा आयोजित विशेष समारोह र त्यसपछि आ–आफ्ना प्रधान कार्यालयमा गई कार्यभार सम्हालेपछि दुवै महानिरीक्षकले दिएका निर्देशन सम्बोधनले प्रहरी÷सशस्त्र प्रहरीमा सुधारका संकेत देखिने धेरैले अपेक्षा गरेका छन् ।

फरक यति छ कि, नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक अर्यालसँग संगठन सुधारका लागि प्रशस्तै समय छ । सशस्त्र प्रहरी नियमावलीअनुसार उनीसँग चार वर्ष पर्याप्त समय छ । तर, नवनियुक्त प्रहरी महानिरीक्षक सिंहसँग ११ महिना मात्र समय छ । यो छोटो अवधिमा धेरै काम गर्नुपर्ने दायित्व उनीसँग छ । आफ्नो नियुक्ति विवादको घेरामा रहेकाले धेरैभन्दा धेरै काम गरेर ‘आफूप्रति सरकारको विश्वास’ ठीक थियो भन्ने देखाउनुपर्ने अर्को चुनौती पनि उनलाई छ ।

विशेषगरी संगठनलाई व्यक्तिभन्दा नीति, पद्धति र सिद्धान्तबाट निर्देशित रहेर अघि बढाउने प्रतिबद्धता दुवैले जनाएका छन् । संगठनको सुदृढीकरण, प्रहरी कर्मचारीको क्षमता तथा वृत्तिविकास, चुस्त शान्ति सुरक्षा, नागरिकका अधिकार रक्षा गर्दै बदलिँदो स्थितिमा अपराध नियन्त्रणका लागि उपयुक्त रणनीति अख्तियार गरी अघि बढ्ने दुवै जनाको प्रतिबद्धता रहेको छ ।

यति मात्र होइन, डेढ सातापछि हुन गइरहेको स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण, भय र धाँधलीरहित तवरमा सम्पन्न हुने वातावरण तयार पार्ने जिम्मेवारी पनि दुवैमाथि छ । यी दुवै महानिरीक्षकको कार्यक्षमता यही स्थानीय तह निर्वाचनले पनि पुष्टि गर्छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot