Logo

चुनावी सभालाई सम्बोधन गर्न ओली झापा जाँदै



काठमाडौं, बैशाख २० । प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै छन् । चुनावी सभालाई सम्बोधन गर्न ओली अहिले बिहान १० बजे झापा जान लागेका हुन् ।

अध्यक्ष ओलीले जिल्लाको भद्रपुर, विर्तामोड र धुलाबारीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । स्थानीय तह निर्वाचन आउन भने १० दिन बाँकी छ । अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा झापामा एमाले पहिलो दल बनेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot