Logo

हरित परियोजनाका लागि भारतलाई जर्मनीले १० अर्ब यूरो दिने



एजेन्सी, २० वैशाख । जर्मनीले भारतलाई हरित परियोजनाका लागि १० अर्ब यूरो दिने प्रतिवद्धता जनाएको छ । सन् २०३० भित्र हरित र दीगो विकास साझेदारीका लागि भारत र जर्मनीबीच सोमबार सम्झौता भएको त्यहाँको विदेश मन्त्रालयले जनाएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यूरोप भ्रमण अन्तर्गत जर्मनी पहिलो गन्तव्य थियो । जहाँ उक्त सम्झौता भएको उल्लेख छ ।

भारतीय विदेशमन्त्री विनयमोहन क्वात्राले १० अर्ब यूरोको नयाँ प्रतिवद्धता र थप विकास सहयोग २०३० भित्र हुने समेत जनाए । दुई देशबीच ग्रिन हाइड्रोजनसम्बन्धी साझेदारी भएको उनले जानकारी दिए ।

भारत र जर्मनीबीच कुल ९ वटा सम्झौता भएका छन् । भारतको जर्मनीसँग प्रगाढ सम्बन्ध छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यूरोपको भ्रमणमा छन् । उनी आज डेनमार्कको भ्रमणमा छन् । त्यहाँ नोरडिक देशका नेताहरुसँग छलफल गर्ने तय भएको छ ।



प्रतिक्रिया दिनुहोस्