Logo

‘ऋणको पासो’ मा परेको श्रीलंकामा सरकारविरोधी प्रदर्शन चर्कियो



एजेन्सी, २० वैशाख । आर्थिक संकटमा परेको श्रीलंकामा सरकारविरुद्ध प्रदर्शन चलिरहेको छ । सोमबार २४औं दिन पनि राष्ट्रपतिको सचिवालय बाहिर प्रदर्शन चलेको हो ।

सदनमा सरकारविरुद्ध अविश्वासको प्रस्तावको विषय उठिरहेको छ । योसँगै त्यहाँ प्रदर्शन चर्किएको छ । प्रदर्शनमा हजारौं सहभागी हुने गरेका छन् । उनीहरुले राष्ट्रपति गोटाबाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको राजीनामा माग्दै आएको कोलम्बो पेजले उल्लेख गरेको छ ।

प्रदर्शनमा धार्मिक नेता, युवा, नागरिक अगुवा, कलाकार, विद्यार्थी, पत्रकार, मजदूर नेताका अलावा बौद्धिक समुदाय सहभागी हुँदै आएका छन् । उनीहरुले राजापाक्षेले राजीनामा दिई मार्ग प्रशस्त गर्नुपर्ने माग राख्दै आएका छन् । विपक्षी दलले अविश्वासको प्रस्ताव आगामी सदनको सत्रमा ल्याउने बताउँदै आएका छन् ।

श्रीलंका ठूलो आर्थिक संकटमा छ । इन्धन र खाद्य सामाग्री खरिदमा समेत समस्या भोगिरहेको छ । त्यहाँ अभावहरु बढ्दै गएको छ । श्रीलंकाले चीनसँग सबैभन्दा ठूलो ऋण लिएको छ । पूर्वाधार निर्माणको उक्त ऋणको ब्याज चर्को रहेको र तिर्न नसक्ने अवस्था बनेको छ ।

त्यहाँको पर्यटन व्यवसाय नै कोरोना भाइरसले संकटमा परेको छ । यसले पनि आर्थिक संकट गहिरिएको छ । श्रीलंकाले धान्न नसक्ने ऋण लिंदा टाट पल्टने अवस्था बनेको विश्लेषण भइरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot