Logo

मिक्सरमा सुन लुकाएर ल्याएका युवक पक्राउ



काठमाडौं, २० बैशाख । काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित युवक पक्राउ परेका छन् । कुवेतबाट जजिरा एअरमा आज बिहान विमानस्थलमा अवतरण गरेका एक युवकलाई विमानस्थल भन्सारले पक्राउ गरेको हो ।

उनले ल्याएको मिक्सरको भित्रि भागमा करीब १ सय ग्राम सुन कालो टेपले बेरेर लुकाएको अवस्थामा युवकलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो ।

विदेशबाट आउने यात्रुले अधिकतम १०० ग्रामसम्म काँचो सुन ल्याउन पाउँछन् तर भन्सार कार्यालमा राजस्व ५ सय ६५ रुपैयाँ तिर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्