Logo

वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार



बैतडी, २० बैशाख । बैतडीका वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । डिलासैनी गाउँपालिका–५का वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि राति साढे १० बजे खुकुरी प्रहार भएको हो ।

माओवादी केन्द्रका उम्मेदवारको समुहले साउँदलाई आक्रमण गरेको हुनसक्ने आरोप लगाइएको छ । गम्भीर घाइते भएका साउँदको टाउको र शरीरमा चोट लागेको छ।

उनको गोकुलेश्वर अस्पतालमा उपचार पछि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्